
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई फलफूललगायत अन्य आवश्यक सहयोग गरेको छ।
नेविसंघ केन्द्रीय कार्यसमितिले उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। सो कार्यक्रमका संयोजकसमेत रहेका उज्ज्वल बज्राचार्यका अनुसार घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पासमेतको उपस्थितिमा सहयोग सामग्री उपलब्ध गराइएको थियो। कार्यक्रमका संयोजक बज्राचार्यका अनुसार आइतबार ५ बजेसम्म ६२ जनाले रक्तदान गरेका छन्।