Skip This
पोखरा महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख दिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरा महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत, उद्धार र पुनर्स्थापनाका लागि पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँबराबरको सहायता घोषणा गरेको छ। 

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार घोषणा गरिएको सहायता रकम महानगरका प्रमुख, उपप्रमुखलगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट शाेधभर्ना हुने गरी व्यवस्थापन गरिनेछ। यसका साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वेच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन्। घोषणा गरिएको रकम अपुग भएमा महानगरपालिकाको विपतकाेषबाट व्यवस्थापन गरिने उनले जानकारी दिए।

महानगरले पहिलो चरणमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी र नगर प्रहरीसहित पहिलो चरणमा सहायता सामग्री र ट्रक घटनास्थलमा पठाएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए।

उद्धारका लागि आवश्यक सामग्रीहरूसहित गएको टोलीले स्थानीय अधिकारीहरूको समन्वयमा प्राथमिक उपचारसहित उद्धार र राहत व्यवस्थापनका काममा २५ गतेसम्म जुट्ने आचार्यको भनाइ छ। उनका अनुसार पहिलो चरणको राहत सामग्रीमा लत्ताकपडा, ब्ल्यांकेट, त्रिपाल र खाद्य सामग्रीहरू पठाइएको छ।