१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १९ आइतबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई एनआरएनए अस्ट्रेलियाको १० हजार डलर सहयोग, पुनर्निर्माणमा पनि सघाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १३:३३:oo

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले भूकम्पपीडितहरूको उद्धार तथा राहतका लागि तत्काल १० हजार अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ। 

संघको विपत् उद्धार कोषबाट तत्काल उद्धार तथा राहतका लागि सो रकम छुट्याइएको अध्यक्ष अनिल पोख्रेलले जानकारी दिए। साथै थप सहयोगका लागि ‘गो फन्ड’मार्फत रकम संकलन भइरहेको उनले बताए। 

उनका अनुसार सहयोग गर्न चाहनेले गो फन्ड क्याम्पेनका साथै एनआरएनएको ‘डिजास्टर रिलिफ अकाउन्ट’मा पनि रकम जम्मा गर्न सक्नेछन्। अध्यक्ष पोख्रेलले भौतिक पुनर्निर्माणमा सहयोग गर्ने बताए।  

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा संघका तर्फबाट उपाध्यक्ष सञ्जय पुरीले सहजीकरण गरिरहेका छन्। पुरी अहिले भूकम्प प्रभावित क्षेत्रमा नै रहेको र संघको राहत प्याकेजको व्यवस्थापन गरिरहेको पोख्रेलले बताए। 

पोखरेलले तत्कालै आफूसँग भएका स्रोतसाधनको प्रयोग गरी उद्धार कार्यमा खटिन सम्बन्धित सबैलाई आग्रहसमेत गरेका छन्। 

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पीडित भएकाहरूको अहिले उद्धार कार्य जारी छ। जसका लागि विभिन्न संघसंस्थाहरूले राहतका लागि आर्थिक सहयोग घोषणा गरेका छन्।