१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १८ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय राजनीतिको मियो बन्नुपर्ने कांग्रेस आन्तरिक झगडामा रुमल्लियो : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १८:४४:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झैझगडामा रुमल्लिनु दुखःद भएको बताएका छन्।

बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरूकै कमीकमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए।

‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘बिपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो, तर त्यति वेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो। मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो।’

अन्तर्राष्ट्रिय स्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै कोइरालाले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेँसीमा सम्बोधन गर्दै उनले अब हुने कुनै पनि निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता गरे।