मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Monday, 31 August, 2026
२o८o कार्तिक १७ शुक्रबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा बाघको आक्रमणबाट युवतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार २o:५४:oo

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका‐ ५, शक्तिपुर गाउँकी २८ वर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।

चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने क्रममा आज बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए। 

डाँगीको शव घटनास्थलनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ। यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ।