१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मलामी गएका पुरुष नारायणीमा बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५२:oo

छिमेकी गाउँलेको मलाम गएका एक पुरुष नारायणी नदीमा बेपत्ता भएका छन्।

कावासोती– ७ साँढनिवासी ४० वर्षीय खेमनारायण महतो नदीमा बेपत्ता भएका हुन्। कावासोती– १३ घोसरघाटमा मलामी गएका उनी साथीहरूसँगै नारायणीमा पौडिएर पार गर्ने क्रममा बेपत्ता भएका हुन्।

उनको दिनभर खोजी कार्य गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। उनलाई सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, निकुञ्जको हात्ती र डुंगासमेत लगाएर खोजिएको थियो।

बेपत्ता महतोको गोताखोरसमेत परिचालन गरी भोलि बिहानैबाट पुनः खोजी गरिने प्रहरीले जनाएको छ।

ad
ad