१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय संसद् अधिवेशन अन्त्यको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५९:oo

सरकारले संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । २४ वैशाखदेखि सुरु भएको बर्खे अधिवेशनमा बजेटबाहेक एउटा मात्रै कानुन बनेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार संघीय संसद्को बर्खे अधिवेशन अन्त्य हुने बताए ।

संसद् सचिवालयका अनुसार दुवै सदनको अन्तिम बैठक बिहीबार बस्दै छ । प्रतिनिधिसभाको ११ बजे र राष्ट्रिय सभाको १ बजे बैठक बस्दै छ । नेताहरूका अनुसार बिहीबारै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुने संवैधानिक व्यवस्था छ ।

बिहीबारको अन्तिम बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दलीय आधारमा बोल्न दुई घन्टा विशेष समय छुट्याइएको छ । यो अधिवेशनमा बजेटबाहेक एउटा कानुन बनाएको संघीय संसद्मा २२ वटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा १८ र राष्ट्रिय सभामा चार विधेयक छन् ।

मन्त्रिपरिषद्बाट पारित भएको संघीय निजामती विधेयक भने अझै संसद्मा दर्ता भएको छैन । सर्वाधिक चासो र महत्वको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि यो अधिवेशनमा टुंगोमा पुग्न सकेन । यो विधेयक कानुन समितिमा छ । केही विषयमा दलहरूबीच सहमति जुटेको छैन । 

ad
ad