१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेताले देश बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ : मेयर बालेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेताले देश बेच्न खोजेको आरोप लगाएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आरोप लागएका हुन्। 

उनले लेखेका छन्, '१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नुभो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।

मंगलबार काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको मञ्च ‘मेयर्स फोरम’मा मेयर बालेन र अन्य जनप्रतिनिधिबीच विवाद भएको थियो। विवादपछि उनी बैठक छोडेर हिँडेका थिए। सोही बैठकको विवादलाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियाे जुटेरेसकाे नेपाल भ्रमणका क्रममा मेयर साहकाे कतै पनि उपस्थिति नदेखिएपछि उनकाे आलाेचना भइरहेकाे छ।