Skip This
सिटिजन्स बैंकका ग्राहकले द्वारिकाज होटेलमा छुट पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १५ बुधबार ११:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले द्वारिकाज होटेलमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार ११:१७:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको बत्तीसपुतलीमा रहेको द्वारिकाज होटेलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा होटेलसँग समझदारी भएको हो । 

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले द्वारिकाज होटेलले सञ्चालन गरेको माकोज रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ ।