१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:११:oo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यसअघि नै विमानस्थल नियमित सञ्चालनका लागि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको सञ्जालका पदाधिकारीले लुम्बिनीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटनमन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा निगमका जहाजहरूबाट उडान भर्न अपिल गरेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

उनले विमानस्थल नियमित सञ्चालनमा नआउँदा रुपन्देहीका पर्यटन उद्योग व्यवसाय क्षेत्रमा ठूलो समस्या सिर्जना भएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।  लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएका १५ देखि २० वटा ठूला होटेल अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा उद्योगी–व्यवसायी तथा आमनागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेकाले आन्दोलन गर्न बाध्यात्मक अवस्था सिर्जना भएको सञ्जालका अध्यक्ष ज्ञवालीले प्रधानमन्त्रीलाई जानकारी गराए । सञ्जालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भीर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने आश्वासन दिए । 

ad
ad