Skip This
एनआरएनए कार्यालयमा तनाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १५ बुधबार o६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआरएनए कार्यालयमा तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार o६:१५:oo

 गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच भनाभन हुँदा तनाव सिर्जना भएको छ । असन्तुष्ट पक्षका आरके शर्माको समूहले युवा संघको टोलीले आफूहरूमाथि दुव्र्यवहार र हातपात गरेको आरोप लगाएका छन् । एमाले नेता महेश बस्नेतसहित उपस्थित भएको युवा संघको टोलीले बेल्जियमका एनआरएनए अभियन्ता तथा पत्रकार ओम शर्मामाथि हातपात गरेको उनले आरोप लगाएका छन् । शर्माको मुखमा चोट लागेको भिडियोसमेत सार्वजनिक भएको छ । 

तर, संघका अध्यक्ष डा. बद्री केसीले भने प्रचारप्रसार गरिएजस्तो घटना नभएको बताएका छन् । एमाले नेता बस्नेत बुधबार हुने युवा संघको कार्यक्रमको निमन्त्रणा दिन एनआरएनएको कार्यालय पुगेको उनको भनाइ छ । अध्यक्ष डा. केसी र बस्नेतबीच कुराकानी हुने क्रममा बेल्जियमका अभियन्ता शर्माले मोबाइलबाट भिडियो खिच्न थालेको र संस्थापन पक्षका समूहले भिडियो नखिच्नु भन्दै मोबाइल खोस्दा सामान्य चोट लागेको उनले बताए । ‘भिडियो नखिच्न आग्रह गर्दा नमानेपछि मोबाइल खोस्दा सामान्य चोट लागेको हो,’ उनले भने ।

२ कात्तिकमा भएको निर्वाचनपछि एनआरएनएमा बेमेल सिर्जना भएको छ । संघले यसपटक अनलाइन भेरो प्रणालीमार्फत निर्वाचन गरेको थियो । भेरो प्रणालीमार्फत संघका अध्यक्ष डा. बद्री केसी निर्वाचित भएका थिए । तर, अध्यक्ष प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले धाँधली भएको भन्दै निर्वाचन विरोध गर्दै आएका छन् । भेरो प्रणालीले उपाध्यक्षकाका उम्मेदवार डा. केशव पौडेलको तथ्यांक गलत देखाएपछि आरके शर्मा र महेश श्रेष्ठले निर्वाचनको परिणामलाई अस्वीकार गर्दै आएका छन् । दुवै पक्षले आ–आफ्नो पहलमा विभिन्न मन्त्रीसँगको भेटघाट र कार्यक्रमलाई तीव्र पारेका छन् ।