१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तार सर्ट भई मोबाइल पसलमा आगो लाग्दा करिब ८० लाखको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

पूर्वी नवलपरासीमा विद्युतको तार सर्ट हुँदा एक मोबाइल पसलमा आगलागी भएको छ। गएराति हुप्सेकोट गाउँपालिका– ४ झ्यालबास बजारमा रहेको दाजुभाइ मोबाइल पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

झ्यालबास बजारमा यमबहादुर बाकवलको दुईतले घरको तल्लो तलामा सञ्चालनमा रहेको हुप्सेकोट– १ जुकेपानी बस्ने खेमु गाहाले सञ्चालन गर्दै आएको मोबाइल पसलमा आगलागी भएको हो। 

राति सवा १२ बजेतिर भएको आगलागी करिब एक घन्टापछि मात्रै प्रहरी, दमकल र स्थानीयको सहायतामा नियन्त्रणमा लिइएको थियो।

क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलले बताए। आगलागीबाट करिब ७०–८० लाख रुपैयाँबराबरको क्षति भएको पसल सञ्चालक खेमु गाहाले बताए।