
अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधबारबाट सुरु गर्ने भएको छ।
टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ। भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेसन’का साथ सञ्चालन हुनेछ।
रुटमा बिजनेस र प्रिमियम इकोनोमीको साथै इकोनोमी क्लासको समेत सुविधा प्रदान गरिनेछ। भिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेबसाइट, मोबाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्ने बताइएको छ।
भिस्ताराले गरेको यो उडानले यात्रुलाई लन्डन, पेरिस, फ्य्रांकफर्टलगायत भारतीय सहरहरू मुम्बई, बेंगलुरु, अहमदावाद, देहरादुन, कोच्ची, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दूरीको गन्तव्यहरूमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ ।