Skip This
१३ किलो लागुऔषध र भन्सार छलेका लत्ताकपडा बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १३ सोमबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१३ किलो लागुऔषध र भन्सार छलेका लत्ताकपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १४:३५:oo

प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरको छ। सिराहाको धनगढीमाई नगरपालिका– १३ बाबुराम खोलामा गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागुऔषध गाँजा पक्राउ गरेको हो।

प्रहरी टोलीले धनगढीमाई नगरपालिका– ४ का ५० वर्षीय पदमबहादुर विश्वकर्मालाई १३ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ।

विश्वकर्माले तयारी अवस्थामा रहेको गाँजा प्लास्टिकमा पोको पारेर भारततर्फ लैजानै लाग्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिए। 

यस्तै प्रहरी टोलीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा पनि बरामद गरेको छ। सिराहाको धनगढीमाई नगरपालिका– १० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज.१च १९३० नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्दा भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा बरामद भएको हो।

एसपी लिम्बूका अनुसार भन्सार छलेर ल्याएका लत्ताकपडा १० लाखबराबर र पिकअप भ्यानको पाँच लाखसहित १५ लाखको मूल्यांकनसहित सामान भन्सार कार्यालय ठाँडीलाई बुझाएको छ। यस्तै, पिकअप भ्यानका चालक धनगढीमाई नगरपालिका– १० का ५२ वर्षीय उतिमलाल राउत प्रहरी नियन्त्रणमा छन्।

बरामद लत्ताकपडामा सुती साडी ३६८ पिस, सिलकन साडी ३८४ पिस, कुर्ती सुरुवाल १२५ पिस, धोती ६८ पिस र साया पेटिकोट ६८ थान रहेको एपी लिम्बूले बताए।