Skip This
परराष्ट्र मामिलाविज्ञ डा. निश्चलनाथ पाण्डेलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १२ आइतबार १o:५o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

परराष्ट्र मामिलाविज्ञ डा. निश्चलनाथ पाण्डेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १o:५o:oo

राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणलाई कसरी हेर्नुभएको छ ? 
संयुक्त राष्ट्रसंघका प्रायः सबै महासचिवले नेपाल भ्रमण गरेका छन् । तर, वर्तमान महासचिवलाई स्वयं प्रधानमन्त्री प्रचण्डले नै नेपाल आमन्त्रण गर्नुभएको छ । यसले पनि यस भ्रमणलाई साविकभन्दा पृथक् चरित्र र विशेष महत्वका रूपमा हेर्नु मनासिब हुन्छ ।   

वर्तमानमा राष्ट्रसंघको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
रुस–युक्रेनबीच जारी युद्ध र अहिले आएर इजरायल–प्यालेस्टाइन युद्धमा पनि संयुक्त राष्ट्रसंघ पूर्ण रूपमा प्रभावहीन र कमजोर सिद्ध भएको छ । साना मुलुकको सुरक्षाका लागि त अब राष्ट्रसंघ भरोसा कवच रहेन । यो ज्यादै चिन्ताको विषय हो । युद्धका कारण निर्दोष बालबालिका मरिरहेका छन्, तर राष्ट्रसंघ वादविवाद गरेर बसिरहेको छ । यसले पारित गरेका दस्ताबेज कार्यान्वयन भएका छैनन् । यतिखेर राष्ट्रसंघ शक्तिशाली राष्ट्रको कठपुतलीका रूपमा सञ्चालित भइरहेको छ ।  

महासचिवको यो भ्रमणबाट नेपाललाई के फरक पर्छ ?
नेपाल जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको कोपभाजनमा परिरहेको छ । उच्च जोखिममा परेको नेपालको हिमाली क्षेत्रमा महासचिव स्वयंको स्थलगत भ्रमणले एकातिर नेपालको समस्याबारे विश्वलाई अवगत गराउन मद्दत पुग्छ भने अर्कातर्फ जोखिममा परेका देशलाई उपलब्ध गराइने सहयोगमा अभिवृद्धि हुन सक्छ । राष्ट्रसंघकै छातामुनि नेपाली सेना युनिफिल लेबनानमा तैनाथ छ । मध्यपूर्वको अहिलेको अत्यन्त विषम परिस्थितिमा उनीहरूको सुरक्षाबारे पनि यस भ्रमणमा विशेष चासोसाथ छलफल हुनु जरुरी छ ।