१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार नगद बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:४o:oo

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेका छन् । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौजना जुवाडे पक्राउ परेका हुन् ।

हेटौँडा उपमहानगरपालिका– ७ देवीवन ट‍ोलमा रहेको गोकुलनाथ पौडेलको घरबाट उनीहरू पक्राउ परेका हुन् । 

स्थानीय गोकुलनाथ पौडेलको घरमा हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट चार बुक ताससमेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नियन्त्रणमा राखिएको डिएसपी भण्डारीले बताए । 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– ७ का  रूपक चौलागाईं, वीरेन्द्र खत्री, गोकुलनाथ पौडेल, सविन चौलागाईं, वडा नम्बर ८ का अजय खड्का, मन्दीप पौडेल, रोहितकुमार केबी, भरत तितुङ र वडा नम्बर १५ का ओम घलान रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

ad
ad