
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका, प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको थियो ।
यसैगरी, सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हेर्नुहोस् नयाँ पत्रिकाकर्मी अमुल थापाले शीतलनिवास पुगेर खिचेका केही तस्बिरहरू :