१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
इजरायलमा ज्यान गुमाएका दिपेशनराज विष्टको कञ्चनपुरको महाकाली नदीमा अन्त्येटी गरिँदै 
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हमास समूहको आक्रमणमा परी मारिएका दार्चुलाका दीपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टि

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:२४:oo

छोरो गुमाउनुपरेकाे पीडाले विष्ट परिवारमा सन्नाटा

इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका दार्चुलाका दीपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । मृतक विष्टको सोमबार बिहान धार्मिक परम्पराअनुसार कञ्चनपुरस्थित महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । 

इजरायबाट आइतबार मात्रै काठमाडौं शव ल्याइएको थियो । आइतबार सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका– १५ निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो ।

बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दीपेशको इजरायलमा मारिएको १६औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको छ । दीपेशको सपना महाकाली नदीमै अन्त्य भएको छ । 

गत २० असोजमा हमास समूहले इजरायलमा हमला परेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्टसहितका १० विद्यार्थीको मृत्यु भएको थियो । मृतक दीपेशका आफन्त एवं कञ्चनपुरका विद्यार्थी नेता वीरेन्द्रराज विष्टले धार्मिक परम्पराअनुरूप अन्त्येष्टि गरिएको बताए । 

हमास समूहको हमलामा परेर मृत्युवरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टन गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन् भने एकजना अझै बेपत्ता भएका छन् । 

२७ भदौँमा ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थीका लागि अकल्पनीय घटना भएको थियो । 

लेकम गाउँपालिका– ५ दार्चुलाका  २४ वर्षीय दीपेशराज विष्ट बाल्यकालदेखि नै कञ्चनपुर महेन्द्रनगर बस्दै आएका थिए । बाल्यकालमै बाबु गुमाएका दीपेशराज सानैदेखि नै महेन्द्रनगर बस्दै अध्ययन गर्दै आएका आएका थिए । 

आमा पार्वती विष्ट पहाडकै घरमा बस्दै आएकी छिन् । दीपेशकी आमा लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन् । दीपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्वशिक्षक थिए ।  दीपेशराजले झन्डै १८ वर्षअघि नै बाबु गुमाएका थिए । बाबु गुमाएकाले उनको काँधमा अभिभावकत्वको पनि जिम्मेवारी थियो । भाइ वसन्तराज विष्टले छात्रवृत्तिमा धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै आएका छन् । 

उनी नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आइएस्सी अध्ययन गरेर बिएस्सी एजी विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडास्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दै आएका थिए । सानैका बाबु गुमाएका दीपेशराज समझदार विद्यार्थी थिए । 

इजराइल पुगेपछि कान्छीआमा जयन्तीसँग टेलिफोन गरेर आफ्नो काम राम्रो भएकोबारे जानकारी गराएका थिए । स्व. दीपेशका ठूलाबाबु हरिराज विष्टले दीपेशराज सानैदेखि मिहिनेती र नेपाल (स्वदेश)मै केही गर्न खोजेको बताए । ‘पढ्ने क्रममै उसको स्वदेशमै लोकसेवा लड्ने साेच थियो,’ उनले भने, ‘दीपेशराजलाई विदेशभन्दा पनि स्वदेशमै केही गरूँ भन्ने सोच थियो, विदेशी भूमिमा गएर आफैँ बिलायो, हाम्रो परिवारमा यतिवेला बज्रपात मच्चिएको छ ।’ दीपेशराज गुमाएको पीडाले विष्ट परिवारमा सन्नाटा छाएको छ ।