१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ४ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक ४ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक ४ शनिबार ११:५१:oo

चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना    

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यअवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।  

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।  

 चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सिउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।  

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिएफआर)मा सहभागी हुन बेइजिङ पुगेका वेला उपप्रधानमन्त्री श्रेष्ठ बिरामी भएका हुन् ।