१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महाकाली ‘विच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

कञ्चनपुरस्थित महाकाली नदीको तटमा भएको ‘विच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले पाएको छ। 

नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा भएको खुला तथा भेट्रान भलिबल प्रतियोगिताको शुक्रबार समापन खेलमा त्रिभुवन आर्मी क्बलले लिटिलबुद्ध एकेडेमीको टिमलाई २–० सेटले पराजित गर्दै उपाधि चुमेको हो। 

यस्तै भेट्रानतर्फ बेलौरी नगरपालिकाले पाएको छ। बेलौरी नगरपालिकाको टिमले सशस्त्र प्रहरीलाई ३–२ को सेटले पराजित गर्दै बेलौरी नगरपालिकाले उपाधि चुमेको छ। कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले खुला तथा भेट्रानतर्फ एकै दिन समापन खेल खेलाइएको बताए। 

सचिव विष्टका अनुसार खुलातर्फ २३ र भेट्रानतर्फ १२ टिम सहभागी भएका थिए। विजेता र उपविजेता चारै टिमलाई नेपाली सेनाका उपरथी उत्तम थापाले पुरस्कार प्रदान गरेका थिए। 

खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमस एक लाख, ५० हजार २५ हजार र भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिंह मौनीले भलिबलको वृद्धि विकासका साथै पर्यापर्यटन प्रवर्द्धनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए। उक्त प्रतियोगिता महाकाली नदीमा पहिलोपटक भएको थियो।