Skip This
तीव्र गतिका डुंगाको कारण ‘राइट ह्वेल’ खतरामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Saturday, 27 July, 2024
तस्बिर : रोयटर्स
रासस वासिङ्टन
२o८o कार्तिक ३ शुक्रबार १३:१३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

तीव्र गतिका डुंगाको कारण ‘राइट ह्वेल’ खतरामा

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार १३:१३:oo

अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुंगाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’को सुरक्षामा खतरा देखिएको छ ।

करिब तीन सय ४० वटा मात्र बाँकी ‘राइट ह्वेल’का लागि बनाइएका ‘स्लो जोन’मा तीव्र गतिमा गुड्ने डुंगाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुने गरेको रिपोर्ट आएको छ ।

गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनका लागि आह्वान गरिएको छ ।

ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, ‘डुंगाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन् ।’

ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुंगाको ठक्कर पनि एक हो । ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेका रिपोर्टहरू बाहिरिएका छन् । 

सन् २००८ देखि अमेरिकाको ‘नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट (१९.८ मिटर) वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ ।

तर, सन् २०२० को नोभेम्बरदेखि सन् २०२२ को जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वेच्छिक क्षेत्र हुँदै यात्रा गरेको संकलित तथ्यांकले देखाएको छ ।

‘यो सरकारबाट न्यूनतम जरिवानाको जोखिम र बन्दरगाहमा निर्धारित समयभन्दा आफ्नो कार्गो ढिलो पुग्दा लाग्ने जरिवानालाई जोगाउनका लागि जहाजले लिने उच्च गतिका कारण ‘राइट ह्वेल’ असुरक्षित बनेको मछुवाहरूले बताएका छन्,’ ब्रोगनले एएफपीसँग भने।
  
नोभेम्बर २०२१ देखि जुलाई २०२२ सम्म गरिएको गति सीमाभन्दा बढी नौ हजार तीन सय ५८ जहाजले यात्राको गतिको सीमा उल्लंघन गरेकोमा एनओएएले केवल ४६ वटा जहाजहरूलाई मात्र जरिवाना लगाएको थियो । उनीहरूलाई औसत १५ हजार ६ सय अमेरिकी डलर जरिवाना तोकिएको थियो ।

६० फिट (१८ मिटर) लम्बाइसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को संख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ ।

यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकाले ह्वेल सिकारीहरूको छनोट ‘राइट ह्वेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे ।

२०औँ शताब्दीको मध्यसम्ममा उत्तरी एटलान्टिक महासागरमा राइट ह्वेलको व्यावसायिक सिकारमा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको संख्या ४८३ पुगेको थियो । तथापि, सन् २०१७ देखि तिनीहरूले ‘असामान्य मृत्युदर’ अनुभव गरिरहेका छन् । 

गत फेब्रुअरीमा मध्यएटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो । जनसंख्या पहिलेदेखि नै यति कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको संख्यामा नकारात्मक असर देखिन सक्छ ।

ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना संकलनका लागि डुल्ने आधारहरू परिवर्तन भइरहेका छन् ।

ओसियानाको रिपोर्टले ह्वेलको हालको वितरणलाई प्रतिबिम्बित गर्न ‘स्लो जोन’हरू अद्यावधिक गर्न, स्वेच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजहरूमा सुरक्षा नियमहरू विस्तार गर्न आह्वान गरेको छ ।

ब्रोगनले भने, ‘राइट ह्वेल प्रजातिहरू बचाउन हामीले के गर्न आवश्यक छ थाहा छ । त्यसैले उनीहरूको सुरक्षाका लागि यो उपाय अवलम्बन गर्नु आवश्यक छ र उनीहरूको संख्या बढाउनु आवश्यक छ।’