१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोर्दीखोलासहित चार खोलामा ५० हजार माछाका भुरा छोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo

लमजुङको दोर्दीखोलासहित चारवटा खोलामा ५० हजार माछाका भुरा छोडिएको छ । दोर्दी करिडोरमा सञ्चालित हाइड्रोपावर कम्पनीहरूको आर्थिक सहयोग र दोर्दी गाउँपालिकाको समन्वयमा दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला र प्यार्दी खोलामा माछाका भुरा छोडिएको हो । 

बिहीबार एक कार्यक्रमबीच ५० हजार माछाका भुरा छाडिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा परीक्षणका लागि ५० हजार माछाका भुरा छोडिएको छ । अहिले छोडिएको माछाका भुराहरूमा असला, रौ र नैनी प्रजातिका माछा रहेका छन् ।

जीविकोपार्जनमा सहजता ल्याउन माछाका भुरा छोडिएको जनाइएको छ । माछा छोडेसँगै खोलामा करेन्ट, विभिन्न प्रकारका विष नहाल्न गाउँपालिकाले अनुरोध गरेको छ । यदि अटेर गरी त्यसो गरेको पाइएमा प्रचलित नियम कानुनअनुसार कारबाही हुनेसमेत जनाइएको छ । 

लमजुङमा निर्माणाधीन हाइड्रोपावर कम्पनीलाई मेगावाटको आधारमा खोलामा माछाका भुरा छोड्न विभाजन (भाग)गरिएको थियो । योसँगै कम्पनीले हिउँदको समयमा १० प्रतिशत पानी छोड्नेसमेत सहमति भएको छ । जसले गर्दा जलचर प्राणीहरूका लागि एवं वायुमण्डलीय हिसाबले उपयुक्त हुने बताइएको छ ।

ad
ad