१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चाडपर्व सुरक्षा योजना : बागमतीमा पाँच हजार ४९९ प्रहरी परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५४:oo

बागमती प्रदेशमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत पाँच हजार बढी प्रहरी परिचालन हुने भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा ५ हजार ४९९ प्रहरी जनशक्ति परिचालन गरिने भएको हो।

उपत्यकाबाहेक प्रदेशका १० जिल्लामा चाडपर्वलक्षित १ हजार ६३७ वटा डिउटी संख्या कायम गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वका समयमा नागरिकमा सुरक्षाको अनुभूति गराई अपराधका घटनाहरूलाई नियन्त्रण र निरुत्साहित गर्न सुरक्षा योजना तयार परिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिइन्।

‘चाडपर्वको मौका पारेर विभिन्न खाले आर्थिक, सामाजिक एवं संगठित अपराधका घटना हुने गरेका छन्। त्यस्ता घटना हुनै नदिन र भइहाले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सुरक्षा योजना तयार पारेका छौँ,’ उनले भनिन्।

प्रहरी प्रमुख राणाका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नागरिकहरूको सहायताका लागि १० जिल्लाका ५९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कुल १९४ प्रहरी परिचालन गरिएको छ। यसैगरी, सुरक्षा योजनाअनुसार सरप्राइज चेकिङ, सीमा नाका चेकजाँच, चेक प्वाइन्टहरूमा प्रहरी सक्रियता बढाउनुका साथै मादकपदार्थ जाँचलाई नियमित गरिएको उनको भनाइ छ।

राजमार्ग गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती गरी एक हजार ५७१ जना प्रहरी परिचालन गरिएको छ। यसैगरी, चाडपर्वमा ३९४ प्रहरी कार्यालय र इकाइहरूको सुरक्षार्थ ९९६ प्रहरी परिचालन हुनेछन् भने १० वटा कमान्ड पोस्टमा ९५ प्रहरी परिचालन हुनेछन्।

कार्यालयले प्रदेशका सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर १९ वटा रिजर्भ फोर्ससमेत खडा गरेको र ती फोर्सहरूमा १९३ प्रहरी परिचालन गरिएको छ। ८ वटा स्ट्राइकिङ फोर्समा ७५ प्रहरी, १९ क्युराटीमा १६९ प्रहरी, ३४ सिमानाका चेकजाँचमा १२१ प्रहरी, १३ वटा अस्पताल रेस्क्यु टिम खडा गरी प्रदेश प्रहरी कार्यालयले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

राजमार्ग र सहायक राजमार्गमा ७४ वटा ट्राफिकसहित चेकिङको व्यवस्था मिलाइएको छ। उक्त चेकिङमा २७२ प्रहरी परिचालन गरिने र ३५ वटा सरप्राइज चेकिङमा १२३ प्रहरी, ४५ वटा रेगुलर चेकिङ टिमका लागि १४२ प्रहरी, २६ चेक प्वाइन्टमा ८० प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रमुख राणाले बताइन्।

६० वटा मोबाइल गस्तीमा ३५४ प्रहरी, १८२ वटा मोटरसाइकल गस्तीमा ३९० प्रहरी, १०२ वटा  पैदल गस्तीमा २८५ प्रहरी, २ वटा साइकल गस्तीमा १२ प्रहरी, १५० पिकेटमा ४३० प्रहरी, ४३ राजमार्ग गस्तीका लागि १२२ प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ।

धार्मिकस्थल, बैंक तथा वित्तीय संस्था, बजार अनुगमन, राजनीति कार्यक्रम सुरक्षाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिनुका साथै ४ वटा एम्बुसमा ५३ प्रहरी, मादकपदार्थ सेवा चेकप्वाइन्टमा ९३ प्रहरी, लामो दूरी सवारीसाधन चेकजाँचका लागि ५० प्रहरी, २३ वटा एलआरपीमा १४९ प्रहरी, ३६ वटा एसआरपीमा १५२ प्रहरी, २९ वटा कार्यालय तथा विशिष्ट व्यक्ति-निवास सुरक्षा डियुटीका लागि १३६ प्रहरी परिचालन गरिने भएको छ।

यस्तै, सम्भावित झैझगडा, जुवातास नियन्त्रणका लागि ९७ प्रहरी, अवैध मदिरा नियन्त्रण डिउटीका लागि १२७ प्रहरी, राजमार्ग रात्रिकालीन बेसमा ८१ प्रहरी, ८ वटा ग्रामीण गस्तीमा १६ प्रहरी परिचालन गरिने भएको छ। साथै, सुरक्षा संवेदनशीलताको आधारमा प्रदेशका विभिन्न स्थानमा थप सुरक्षा बल प्रदान गर्न बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतको नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण तथा बागमती प्रदेश प्रहरी स्कुल, शान्तिपुरमा ७३५ जना प्रहरी स्टेन्डबाई राखिएको प्रमुख राणाले जानकारी दिइन्।

ad
ad