१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २ बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १६:१८:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको छ। 

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ। 

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आइसियूमा रहेको र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो। 

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।