१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:३३:oo

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा बुधबार आयोजित सीमा सुरक्षाको महत्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सो कार्यक्रमको सुरुवात गरिएको उद्घोष गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले कार्यक्रम सुरुवात भएको घोषणा गरे। ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत नै सो अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो।

सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र अन्य समस्याहरूको सम्बोधन गर्न स्थानीय सरकारको सहकार्यमा सशस्त्र प्रहरीले कार्य गर्ने गरी सो कार्यक्रमको सुरुवात गरेको अतिरिक्त महानिरीक्षक दाहालले बताए। धेरै लामो समयदेखि सीमाको रक्षा केवल स्थानीय सीमावासीकै कारण सम्भव भएको बताउँदै उनले सीमावासीको योगदानको सम्मान गर्दै सशस्त्र प्रहरीले उनीहरूको साथ र सहयोगमा आपराधिक गतिविधि नियन्त्रणमा कार्य गर्ने बताए।

केन्द्रीय सरकार र स्थानीय सरकारबीचको सन्तुलन कायम गर्नसमेत यसले महत्वपूर्ण भूमिका खेल्ने दाहालको भनाइ थियो।

मधेश प्रदेशका भारतीय सीमासँग जोडिएका एक सय ४३ वडाका अध्यक्षहरूको उपस्थितिमा भएको सो कार्यक्रममा वडाध्यक्षहरूले सीमामा रहेका समस्या तथा सीमाको अवस्थाबारे आफ्नो धारणा राखेका थिए। 

कार्यक्रममा छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल नेपालले भारतसँग सीमा जोडिएका मधेश प्रदेशका एक सय ४३ वडाध्यक्षहरूको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गरी कार्य प्रारम्भ भइरहेको जानकारी दिए।

ad
ad