१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०८४ को चुनावमा गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ सालको निर्वाचनमा गठबन्धन गरे पार्टी एक नरहने चेतावनी दिएका छन्। निर्वाचनअघि गरिने गठबन्धन रणनीतिक हिसाबले ठीक भए पनि सैद्धान्तिक हिसाबले गलत रहेको थापाको तर्क छ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले गौशालामा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भने, ‘गठबन्धन गरेर हामी चुनावमा गयौँ। त्यही आधारमा हामीले मत पायौँ। पहिलो पार्टी बन्यौँ, तर सबैतिर हाम्रो रुवाबासी मात्रै छ। पार्टीभित्रै असन्तुष्टि छ, त्यसलाई इन्कार गरेर जान सकिँदैन।’

पार्टीभित्र असन्तुष्टि बढेको भन्दै महामन्त्री थापाले मूल नेतृत्व बदल्नुपरे त्यसका लागि पनि तयार हुनुपर्ने प्रस्ट पारे। उनले भने, ‘मूल नेतृत्व नबदली हुँदैन भन्ने हो भने बदलौँ। महासमिति बैठकलाई हामीले भरमग्दुर प्रयोग गर्नुपर्छ।’ 

अहिले सरकारमा रहेको कांग्रेसले ०८४ को चुनाव हारिन्छ भन्ने चिन्ता गरिरहेको उल्लेख गर्दै महामन्त्री थापाले सरकारमा जाने विषयलाई मात्रै महत्व दिएकोमा असन्तुष्टिसमेत व्यक्त गरे।

‘०८० मा सबैतिर सरकारमा बसेको कांग्रेस ०८४ मा चुनाव हारिन्छ भनेर चिन्ता गरिरहेको छ। किन यस्तो भयो ? सरकारमा जाने कुरा यति महत्त्वपूर्ण छ ? सरकारमा जाने मात्रै यति महत्त्वपूर्ण किन भइरहेको छ ?’ उनले प्रश्न गरे।

सो अवसरमा थापाले ०८२ मा कांग्रेसको महाधिवेशन जसरी पनि गरेरै छाड्नेसमेत प्रस्ट पारेका छन्।