१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २ बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दमका रोगीले के कुरामा ध्यान दिने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १o:४९:oo

दम भन्नाले श्वासप्रश्वासमा अवरोध गर्ने रोग हो । प्रायः चुरोट बढी खाएकालाई बुढेसकालमा देखिने दम सिओपिडी हो । धुवाँमा पकाउने कुराले श्वासप्रश्वासमा अवरोध गर्दा पनि सिओपिडी हुन्छ । चुुरोट नखानेहरूमा आज्मा नामक दम देखिने गर्छ । धुलो, धुवाँ र बाहिरी वातावरणको असरस्वरूप श्वासनलीका नसाहरू साँघुरो भएर हुने आज्मा हुन्छ । 

मुख्य समस्या
- स्याँस्याँ हुने, खोकी लाग्ने ।
- कहिलेकाहीँ छाती दुख्ने । 
- ज्वरो आउने, पाकेको खकार आउने । 

ध्यान दिनुपर्ने कुरा
- धुवाँ, धुलो र चिसोबाट बच्ने । 
- निमोनियाको भ्याक्सिन हरेक पाँच–पाँच वर्षमा र इन्फ्लुइन्जाको भ्याक्सिन हरेक वर्ष लगाउनुपर्छ । 
- धूम्रपान नगर्ने । 
- धुवाँमा बसेर पकाउन कम गर्ने । पकाउनै परेमा खुला स्थान, धुवाँ सजिलै बाहिर जाने स्थानमा बसेर पकाउने । धुवाँरहित चुलोमा बसेर पकाउने । 
प्रोटिनजन्य खानेकुरा, जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने । दीर्घरोगीलाई प्रोटिनजन्य खानेकुराले इन्फेक्सनबाट लड्न मद्दत पुर्‍याउँछ ।

एरोबिक्स गर्दाका फाइदा्
नियमित रूपमा एरोबिक्स गर्नुका धेरै फाइदा छन् । यसले मुटु र फोक्सो स्वस्थ राख्न मद्दत गर्छ । त्यस्तै, तौल व्यवस्थापनमा पनि सहयोग गर्छ । मुड फ्रेस राख्न, शरीरलाई ऊर्जावान् बनाउन, तनाव घटाउन, स्टामिना र रोगप्रतिरोधी क्षमता बढाउन यसले भूमिका खेल्छ । 

एरोबिक्स हिँडेर, साइक्लिङ गर्दै, नाचेर वा दौडेर पनि गर्न सकिन्छ । जसरी पनि गर्न सकिने भएकाले नै यो निकै लोकप्रिय भएको हो । एरोबिक्स जुनसुकै समयमा गर्न सकिन्छ । तर, बिहानको समयमा गर्दा नतिजा राम्रो आउँछ । एरोबिक्स गर्नुअघि शरीरलाई पाँच मिनेटजति हल्का वार्मअप गर्नुपर्छ । 

एरोबिक्स डान्स आधा घन्टा वा त्यसभन्दा लामो समय गर्ने गरिन्छ । यो अभ्यासका दौरान विभिन्न गीतका स्टेपमा प्रशिक्षकले नचाउँछन् । घरमै बसेर पनि एरोबिक्स गर्न सकिन्छ ।