
टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो झड्का व्यहाेरेको छ ।
नेपालका सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्ल दुर्भाग्यपूर्ण रूपमा रनआउट हुन पुगेका छन् ।
आसिफ शेखसँगको असमझदारीमा कुशल मल्ल रनआउट हुन पुगे । रनआउट हुनुअघि उनले दुई चौकाको मद्दतमा नौ बलमा ११ रन बनाए ।
यसअघि ओपनर कुशल भुर्तेललाई नेपालले १४ रनमा गुमाएको थियो । १४ बल सामना गरेका उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोसिस गर्दा अली नासिरको हातबाट आउट हुन पुगे ।
ताजा अवस्थमा नेपालले आठ ओभरमा दुई विकेट गुमाएर ४८ रन बनाएको छ । क्रिजमा २४ बलमा २२ रन बनाएका आसिफ र कप्तान रोहित पौडेल छन् ।