१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३० मंगलबार १५:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १५:५३:oo

यसपालिको मनसुनका समयमा देशभर विपतजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ  । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन्। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारीअनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ।

प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिए।  

यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो। भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो। 

यस वर्ष मनसुन एक सय २४ दिन रहेको थियो। यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुने गरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो।