१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
रासस धुलिखेल
२o८१ बैशाख १८ मंगलबार १२:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दसैँको अवसरमा बनेपामा ‘चंगा चेट’ प्रतियोगिता

Read Time : > 1 मिनेट
रासस, धुलिखेल
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:२७:oo

दसैँं र तिहारको याममा चंगा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चंगा महोत्सव गर्न लागिएको छ ।

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चंगा उडाउने परम्परा लोप हुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘चंगा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका– ९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

अहिलेको युवा संस्कृति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोप हुँदै गएकाले  संरक्षण गर्न र युवा पुस्तामा  यसको महत्व बुझाउन पनि  महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताए।

‘दसैँमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ,’ उनले भने, ‘विगत एक दशक अगाडिसम्म दसैँ तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।’ अहिले पहिलेको जस्तो चंगा उडाउने ठाउँ पर्याप्त नभए पनि उतिवेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो थियो। तर, पछिल्लो समय खुला स्थान अभाव र सहरीकरणका कारण चंगा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उनले बताए।

लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब १० वर्षदेखि चंगा चेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदीक्षा धितालले बताइन्। यसपटक पनि नेपालीको महान् चाड दसैँको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उनकाे भनाइ छ ।

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत वैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चंगाको आकर्षण घटेको हो । पहिले–पहिले सहर–बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चंगा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए। अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ।

यसअघि तीनपटकसम्म बेस्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले चंगा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ।

ad
ad