Skip This
सिटिजन्स बैंकको अगुवाइमा ठूलो खोला हाइड्रोपावरले लगानी पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज ३० मंगलबार १o:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको अगुवाइमा ठूलो खोला हाइड्रोपावरले लगानी पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १o:४३:oo

ठूलो खोला हाइड्रोपावर लिमिटेडमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको संयुक्त लगानी हुने भएको हो । 

लगानीसम्बन्धी सम्झौतामा हाइड्रोपावर निर्माता देव ग्रुपका अध्यक्ष तथा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्रवल्लभ पन्त र बैंकका कन्सोर्टियम–पूर्वाधार बैंकिङ एकाइ प्रमुख रोशन मल्लले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती उपस्थित रहेको बैंकले जनाएको छ ।

त्यस्तै, कृषि विकास बैंकका हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुच्छ्रे बैंकका अनिल सिवाकोटी साथै आयोजना कम्पनीका चिफ अपरेटिङ अफिसर नवीन सिलवाल, वित्तीय प्रमुख प्रदीप खतिवडा र सिभिल इन्जिनियरिङ प्रमुख शिवसागर यादवको उपस्थिति रहेको बैंकले उल्लेख गरेको छ । तीन अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतामा उल्लेख छ । 

आयोजना म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ७ र ८ को ठूलो खोलामा निर्माणाधीन रहेको जनाइएको छ ।  आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको जनाइएको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत दुई वर्षअगाडि नै सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको कम्पनी हो । ठूलो खोला हाइड्रोपावरले आइपिओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको जनाइएको छ ।