१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:o८:oo

एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र एक दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर तीन अर्ब ३५ करोड ३५ लाख रुपैयाँ र कर प्रयोजनका लागि १७ करोड ६५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ । समग्रमा ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण हुने बैंकको भनाइ छ । २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुग्ने जनाइएको छ । 

साधारणसभाले आव ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।

बैंकले हाल देशभरमा तीन सय ६० शाखा, ६ सय ३१ एटिएम, एक सय १० विस्तारित काउन्टर तथा ६१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको जनाएको छ ।

ad
ad