१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्सद्वारा युनिफर्म तथा शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

सेन्ट्रल फाइनान्स लिमिटेड चाबहिल शाखाले काठमाडौं महानगरपालिका– ६ रामहिटीस्थित बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘युनिफर्म’ तथा शैक्षिक सामग्री वितरण गरेको छ।

चाबहिल शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्रीहरू विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राईलाई हस्तान्तरण गरी शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्त रूपमा विद्यार्थीहरूलाई वितरण गरेका थिए।

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सहयोग गर्ने हेतुले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा सातजना विद्यार्थीलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख श्रेष्ठले बताइन्। विद्यालयका प्रधानाध्यापक राईले संस्थाको कार्य स्वागतयोग्य तथा सराहनीय रहेको प्रतिक्रिया दिए।