१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Friday, 09 May, 2025
२o८o असोज २७ शनिबार १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा प्रेस चौतारीले लगायो ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार १६:५२:oo

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी गरेको छ। 

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण प्रक्रियाअन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरूको नामावलीप्रति चौतारीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिअन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरूको नामावली प्रकाशन गरेको थियो। 

उक्त नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको तालाबन्दीपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस चौतारी बागमती प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा महासंघको नेतृत्वमा रहेका र पदाधिकारीहरूले आफ्नो संगठननिकट निष्क्रिय रहेका पत्रकारहरूको सदस्यता नवीकरणको लागि सिफारिस गरेको तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारहरूको भने सदस्यता नवीकरण नगरेको दाबी गरेको छ।

सदस्यताको विषय टुंग्याउनुअघि संगठनहरूसँग बसेर गरेको सहमति महासंघ बागमती प्रदेशले लत्याएको चौतारीले आरोप लगाएको छ। चौतारी बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाले प्रेस चौतारीको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र पुरानाको सदस्यता नवीकरण नगर्नेजस्तो काम महासंघ प्रदेश समितिले गरेको दाबी गरे।

उनले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता दिने, निष्क्रिय पत्रकारहरूको नवीकरणजस्ता गतिविधि नसच्याए र महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने चेतावनी दिए।