१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपीको विचार नमान्दा पार्टी कमजोर भयो : शशांक कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

कांग्रेस नेता डा शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताएका छन्। 

कांग्रेस र नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताए। 
‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अंगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,' नेता कोइरालाले भने। 

उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता-कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।  

कार्यक्रममा कांग्रेस नेता दिलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति  र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे। 

कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने वेला आएको बताए।