मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Wednesday, 19 March, 2025
२o८o असोज २७ शनिबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार ११:४८:oo

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ। 

विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु सार्वजनिक गरेको हो। 

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा. डा. पदमलाल देवकोटा र रजिस्ट्रार सह–प्रा. डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव ०६८/६९ मा रु ८३ लाख ९८ हजार तथा आव ०७८/७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए।   

उनले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए। रजिस्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ। अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फर्स्योट गर्न बाँकी छ। 

आर्थिक वर्ष ०७५/७६ मा उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनले बताए। 

यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो। विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचारमाध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए।