Skip This
१५औँ संस्करणको काठमाडौं म्याराथन आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २७ शनिबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१५औँ संस्करणको काठमाडौं म्याराथन आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार o७:२२:oo

१५औँ संस्करणको काठमाडौं म्याराथन शनिबार (आज) हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । म्याराथनअन्तर्गत फुल म्याराथन ४२.१९५ किमि, हाफ म्याराथन, पाँच किमि, खुला, स्कुल, फ्यामिली रन गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

म्याराथनमा १२ जना, हाफ म्याराथनमा १६ र पाँच किमि ओपनमा तीनजना गरी ३१ धावकले भाग लिनेछन् । यसपटक जर्मनीबाट सर्वाधिक चार धावकले भाग लिनेछन् । भारतबाट तीन, जापानबाट दुई, ब्राजिलबाट एकजनाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । समग्रमा २० राष्ट्रका ३० विदेशी धावकले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालबाट सुशान्त डोटेलले हाफ म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक म्याराथनतर्फ पुरुष र महिला विजेताले समान एक लाख पाउनेछन् । उपविजेताले ५० हजार र तेस्रो स्थानकाले २५ हजार प्राप्त गर्नेछन् ।

म्याराथनमा सहभागी सबै खेलाडीहरूको एकदिने बिमा गरिएको छ । म्याराथन दौड त्रिपुरेश्वरबाट सुरु भई सहरका विभिन्न भाग परिक्रमा गरी सोही ठाउँमा पुगेर सम्पन्न हुनेछ । अन्तर्राष्ट्रिय म्याराथन चलिरहँदा सवारीसाधन नचलाउन आग्रह गरेको छ । 

ad
ad
ad
ad