१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महँगीप्रति सांसद तामाङको व्यंग्य- सरकारले सूचना जारी गरेर हामीबाट आशा नगर्नु भनोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:o९:oo

महँगी नियन्त्रण गर्न नसकेको भन्दै नेकपा एमाले सांसद तारा लामा तामाङले सरकारको आलोचना गरेका छन्। 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले भने, ‘दसैँको मुखमा छ, शुभकामना दिऊँ पनि कसरी ? सरकारले एउटा सूचना जारी गरेर हामीबाट केही आशा नगर्नु जे-जे गर्नु छ भनेर भन्या भए हुन्थ्यो। महँगीले पराकाष्ठा नाघेको छ।’

दैनिक उपभोग्य सामानको मूल्य चर्को रहेको, यातायातको भाडा अचाक्ली बढेको उनले बताए। ‘दसैँको मुखमा धनगढीसम्म जान बसको सहज उपलब्धता छैन, प्लेनमा धनगढी जान १७ हजार एक सय ८६ रुपैयाँ छ,’ उनले भने, ‘बरु दिल्लीमा १०–११ हजारमा पुगिने रहेछ।’ 

सरकारले आफू भएको अनुभूति गर्नुपर्ने उनले बताए। सांसद लामाले आफ्ना निर्वाचन क्षेत्र कञ्चनपुर– १ समस्या पनि सदनमा राखेका छन्। 

पुनर्वासमा रहेको भागेश्वर मिलले केही दिनअघि केमिकलयुक्त फोहोर पानी छाड्दा चार सय बिघा धानमा क्षति भएको थियो। 

‘मिलकोे बहाव बगेको ठाउँमा धान क्षति भएको छ, केमिकलयुक्त पानीका कारण चार सय बिघा धान नष्ट भएको भनिएको छ,’ उनले भने, ‘सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस्।’ 

सांसद लामाले बझाङ भूकम्पपीडितलाई दसैँअघि नै राहत प्याकेज घोषणा गर्नुपर्ने, कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान र बेलौरीको छोटी भन्सार छिट्टै सुरु हुनुपर्ने माग राखे।

ad
ad