१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिँदै एमालेसहित कांग्रेसका विद्रोही सांसद 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

कांग्रेस सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउनुपर्ने भन्दै एमालेका ३९ र कांग्रेसका आठजना सांसद कोशी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।  

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेसमा हस्ताक्षर गर्ने आफूहरू नै भएको र सनाखत गराउने तथा प्रस्ताव गरिएका कांग्रेसका विद्रोही सांसद कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गराउन दबाब दिन उनीहरू  प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।  

तर, प्रदेश प्रमुख खापुङले भने आज ५ बजेसम्मको दाबी पेस गर्ने समयसीमा भए पनि अहिलेसम्म कसैलाई पनि मुख्यमन्त्रीमा नियुक्त गरेका छैनन्। कोशीमा प्रदेश सभाको दोस्रो कार्यकालमा १० महिनामै चारवटा सरकार ढलिसकेका छन्। 

प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आज २६ असोज अपराह्न ५ बजेसम्मको समयसीमा दिएका दिए। प्रदेश प्रमुखले दिएको  समयसीमाभन्दा एक दिन अगाडि नै बिहीबार पाँचौँ सरकार गठनका लागि आफूहरूसँग बहुमत रहेको भन्दै दुई समूहले अलग-अलग दाबी पेस गरेका थिए।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्त गराउन माग गर्दै ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए। 

यता एमालेका ३९ र कांग्रेसका आठजना विद्रोही सांसदले आफूहरूसँग पनि बहुमत रहेको भन्दै हस्ताक्षरसहित केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका थिए।