१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा कसैको पनि पक्ष नलिने राप्रपाकाे निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक तथा सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए। 

उनले भने, ‘कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समीक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइने छ।’