मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २५ बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन सांसद यादवको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार १८:o९:oo

जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले महावीर पुनले मेडल बेचेर चलाउन खोज्दा सरकारले बेच्न नदिएको र प्रतिबद्धता जनाएको बजेट पनि रोकेकाले पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उल्लेख गरे।

‘वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन महावीर पुनलाई जिम्मेवारी दिइयो। अभियन्ता पुनले चार महिनाभित्रमा कृषि औजार कारखाना परीक्षणमा ल्याउनुभयो। कोदालो र खुकुरी उत्पादन भइरहेको छ,’ उनले भने, ‘तर, त्यहाँको औजार धेरै पुरानो भएकाले पुनलाई धेरै कठिनाइ भयो। नेपाल सरकारले २७ करोड रुपैयाँ दिने वचनबद्धता गरेको थियो, तर अहिलेसम्म एक रुपैयाँ दिएन। बाध्य भएर महावीर पुनले सरकारबाट पाएको मेडल लिलामीमा राख्नुभयो। गृह मन्त्रालयले रोक लगाएपछि रोक्नुभयो। अहिलेसम्म सरकारले कबोल गरेको २७ करोड नदिँदा उद्योग पूर्ण रूपमा सञ्चालनमा आएन।’

सरकारले बन्द रहेका उद्योगधन्दा सञ्चालनमा ल्याउन रणनीति बनाएको, रणनीतिअन्तर्गत अघिल्लो सरकारले केही उद्योग सञ्चालनमा पनि ल्याएको भन्दै यादवले थपे, ‘एकातिर सरकारको नीति छ, बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने, अर्कोतिर सञ्चालनमा सहयोग नगर्ने, प्रतिबद्धता जनाएको पैसा पनि नदिने। त्यसकारण म कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक निकासा गर्न सरकारसँग माग गर्दछु।’ 

सांसद यादवले नेपाली विद्यार्थी स्वेदश फर्काउन इजरायलमा परराष्ट्रमन्त्रीसहित जहाज पठाएकोमा सरकारलाई धन्यवाद पनि दिए।