१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
साल्ट ट्रेडिङले कालिमाटीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख ३० आइतबार oo:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुपथ मूल्य पसलमा खाद्यान्न किन्न उपभोक्ताकाे लामो लाइन

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार oo:o३:oo

दसैँका लागि आइतबारबाट सञ्चालित सुपथ मूल्य पसलमा खाद्यान्न किन्न उपभोक्ताहरू लामो लाइन बस्नुपरेको छ । मंगलबार दिउँसो कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेपछि दुईतर्फी लाइन लगाइएको थियो ।

त्यस्तै, तीनवटा बिलिङ काउन्टर बढाएर दिउँसो २ बजेबाट पाँचवटा बिलिङ काउन्टर राख्नुपरेको कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् । ‘बुधबारबाट थप एउटा बिलिङ काउन्टर आउँछ । त्यसपछि ६ ठाउँबाट बिल गरेर खाद्यान्न बिक्रीको व्यवस्थापन हुनेछ,’ उनले भनिन् । भिड बढेपछि कर्पोरेसनले साँझ साढे ५ बजेपछि गेट बन्द गरेर उपभोक्तालाई रोक्नुपरेको थियो ।  

सुपथ पसलमा दिउँसो पुगेकी बाफलकी भगती भुसालले करिब एक घन्टा लाइन बसेर दुई किलो चिनी पाएको बताइन् । बाफल क्षेत्रमा चिनी नपाइएकाले कालिमाटीमा तरकारी किन्न आएका वेला सुपथ पसल छिरेको, तर सास्ती खेप्नुपरेको उनले गुनासो गरिन् । ‘यत्रो बाटो गरेर आउँदा पनि दुई किलो मात्रै चिनी पाएँ । झन्डै एक घन्टा लाइन लाग्नुपर्‍यो,’ उनले भनिन् ।

सुन्धाराका होटेल व्यवसायी हरि पौडेल मंगलबार दिउँसो ४ बजेतिर कालिमाटीस्थित साल्ट ट्रेडिङकै सुपथ पसलबाट चार पोका चुन र एक पोका चिनी हातमा लिँदै बाहिरिएको अवस्थामा भेटिए । उनले भने, ‘म त होटेल व्यवसायी हुँ । ग्राहकलाई चिया नै छैन भन्नुपर्ने अवस्था आएपछि चिनी लिन यत्रो बाटो धाएर आएको हुँ ।’

एकजनालाई दुई किलो मात्रै चिनी दिनेबारे थाहा पाएका उनले अर्को एकजना पनि साथमै लिएर आएका थिए । कलंकी (लामपाटी)मा प्रतिकिलो चिनी एक सय ५० देखि एक सय ७० रुपैयाँ पुगेको छ । सो क्षेत्रका बासिन्दा नवराज तामाङले कालिमाटीमा प्रतिकिलो ९७ रुपैयाँमा चिनी पाइने थाहा पाएपछि मंगलबार दिउँसो सुपथ पसल आएका थिए । उनले करिब आधा घन्टा लाइन लागेर दुई किलो चिनी मात्रै लिएर फर्केको बताए । 

साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ पसलमा आउने सबै उपभोक्ताले चिनी लैजाने गरेको महाप्रबन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् । ‘यहाँ आउने सबै उपभोक्ताले चिनी लैजाने गरेका छन् । अरू खाद्यान्न भने आवश्यकताअनुसार लगेको पाइन्छ,’ उनले भने । चिनी मात्र लैजाने उपभोक्ताको भिड बढे पनि मंगलबार दिउँसादेखि चिनीको मात्रै बिक्री गर्ने गरी दुईवटा बिलिङ काउन्टर राखेर सेवा दिन थालेको उनले बताइन् । साल्ट ट्रेडिङको तुलनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुपथ पसलमा भने कम भिड छ । यद्यपि, यहाँ पनि लाइन नलागी सजिलै खाद्यान्न खरिद गर्न पाइँदैन । 

ad
ad