१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँ–तिहारभर धरहराको भूमिगत पार्किङ नि:शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाले दसैँ–तिहारलगायत चाडबाडलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो । आइतबारदेखि सञ्चालनमा आएको भूमिगत पार्किङ नि:शुल्क भएको महानगरले जनाएको छ ।

‘चाडबाडलाई लक्षित गरेर न्युरोड, सुन्धारालगायत क्षेत्रमा हुने पार्किङको समस्या समाधान गर्न यो पार्किङ सञ्चालनमा ल्याएका हौँ । यहाँ पार्किङ गर्दा शुल्क लाग्दैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।

तीन तलामध्ये पहिलो तलाको पार्किङ खुला गरिएको हो । उक्त तलामा करिब पाँच सय चारपांग्रे र दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ । भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको धरहरा क्षेत्र निर्माणाधीन अवस्थामै छ ।