१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चाडपर्वलक्षित सुरक्षा योजना : मकवानपुरमा ८१७ प्रहरी परिचालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४३:oo

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वलक्षित सुरक्षा योजनाका लागि जिल्लामा आठ सय १७ जना प्रहरी परिचालन गर्ने भएको छ। नजिकिएका चाडपर्वलक्षित विशेष सुरक्षा योजना निर्माण गरेर उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।

‘मकवानपुरमा प्रदेशको राजधानीसमेत रहेकाले यहाँ रहेका प्रदेशस्तरीय मन्त्रालय, सरकारी कार्यालय, भिआइपी निवास र भिभिआइपीहरूको समेत सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले यति धेरै प्रहरी परिचालनको योजना बनाएका हौँ,’ उनले भने।

यस्तै प्रहरी प्रमुख रिजालले जिल्ला प्रहरी कार्यालयले चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा २४सै घन्टा विशेष फोर्स पनि परिचालन गर्ने जानकारी दिए। उक्त फोर्सले यातायात व्यवस्थापन, यात्रु तथा आमनागरिकको सहायता, दुर्घटना र अपराधजन्य तथा गैरकानुनी कामहरू नियन्त्रणका लागि काम गर्नेछ।

‘जिल्लामा हुन सक्ने कुनै पनि आपराधिक कामहरूको निगरानी गर्ने, घटना हुन नदिने, तत्काल उद्धार तथा व्यवस्थापन र प्रहरी परिचालनका लागि आवश्यक सामग्रीसहित उक्त फोर्स परिचालन हुन्छ। चाडपर्वमा हुने झैझगडा, मादक पदार्थ तथा लागुपदार्थ सेवन, ओसारपसार, जुवातास खेल्ने र खेलाउनेजस्ता घटनालाई न्यूनीकरण गर्न उक्त फोर्सले सहजीकरण गर्छ,’ प्रहरी प्रमुख रिजालले भने।

यस्तै, आपराधिक गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गर्नुका साथै धार्मिक तथा सार्वजनिक स्थलहरूमा निगरानी बढाउने, राजमार्गमा नियमित दिवा तथा रात्रि गस्ती–पट्रोलिङ गर्ने पनि जानकारी दिए।

चार स्थानमा नागरिक सहायता कक्ष
चाडपर्व सुरक्षा कार्यक्रमअन्तर्गत नै प्रहरीले शनिबार हेटौँडा उपमहानगरपालिकाअन्तर्गत पर्ने राजमार्गका विभिन्न चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

प्रहरीले नागरिक तथा यात्रुहरूलाई आवतजावतमा सहजताका लागि हेटौँडा बसपार्क, पिपलबोट, रातमाटे चेकपोस्ट र थानाभर्‍याङमा ट्राफिक प्रहरीसहितको नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

प्रहरीले हेटौँडा– १५ रातोमाटेमा एम्बुलेन्ससहितको सहायता कक्ष स्थापना गरेको छ भने हेटौँडा– ११ थानाभर्‍याङमा रिफ्रेसमेन्ट सेन्टरको रूपमा सहायता कक्ष स्थापना गरेको छ। जहाँ यात्रुहरूलाई सहजीकरण गरिनुका साथै सवारीचालकहरूलाई समेत रिफ्रेसमेन्ट गराई यात्रा सुरक्षित बनाइने प्रहरी प्रमुख रिजालले बताए।

ad
ad