१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई राहत दिने भएको छ।

मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।

हमासको आक्रमणबाट इजरायलको किबुजस्थित कृषि फर्ममा इन्टर्न गरिरहेका सुदूरपश्चिम प्रदेश घर भएका सातसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी एग्रिकल्चर अध्ययनरत थिए। 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू एक महिनाअघि इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको हमलामा ज्यान गएको हो। 

मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन तथा घाइते विद्यार्थीको शीघ्र खोज तथा उद्धारका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै मृतकका शव र नेपाल आउन चाहने नेपालीलाई फिर्ता ल्याउन पनि आग्रह गरेका छन्।