१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० असोज २२ सोमबार ११:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

क्यानभासमा खोटाङ

Read Time : < 1 मिनेट
२०८० असोज २२ सोमबार ११:३६:००

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ र धनु आर्ट स्टुडियो, काठमाडौंले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ मा सहभागी स्वदेशी/विदेशी चित्रकारहरूले खोटाङलाई क्यानभासमा उतारेका छन् ।

असोज १७ गतेदेखि सुरु भएको कार्यशाला तथा प्रदर्शनी शनिबार सम्पन्न भएको हो । यस दौरान ख्यातिप्राप्त चित्रकारले मझुवागढी, किराँतचोक, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर फरक–फरक दृश्यका प्रत्यक्ष चित्र कोरेका छन् । 

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्बिर झल्किएको नगर प्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिए । ‘खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउने हाम्रो प्रमुख उद्देश्य हो,’ उनले भने ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी ४३ जना चित्रकार सहभागी थिए ।