१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१९:oo

कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसर पारेर विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङ प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सबिन बुढाथोकीको सहभागितामा कार्यक्रम भएको क्यापिटलले जनाएको छ । पाल्पाको तानसेनमा बसोवास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानीसम्बन्धी जानकारीका निर्णय गर्नुका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले कुमारी बैंक तानसेन शाखाको सहकार्यमा कार्यक्रम गरिएको उल्लेख छ । 

कार्यक्रममा सेबोनका प्रतिनिधि वसन्त रसाइलीले नियामक अनुपालन र जिम्मेवार लगानीको महत्वबारे प्रशिक्षण दिएको क्यापिटलले जनाएको छ । उनले नेपालको धितोपत्र बजारलाई नियन्त्रण गर्ने नियामक ढाँचामा अन्तरदृष्टि प्रदान गरेर सहभागीलाई सेबोनले तोकेका दिशानिर्देशको पालना गर्दै लगानीका अवसर खोज्न प्रोत्साहित गरेका थिए । 

क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङ प्रमुख शाक्यले सेयर बजारको लगानी रणनीतिबारे बहुमूल्य अन्तरदृष्टि साझा गर्नुका साथै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाबारे चर्चा गरेका थिए । उनले सफल लगानी पोर्टफोलियो निर्माणमा अनुसन्धान, जोखिम व्यवस्थापन र विविधीकरणको महत्वबारे बताएका थिए । 
 

ad
ad