१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:३९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यालयले बहिष्कार गरेको फुटबल प्रतियोगिता खेलेको भन्दै १२ छात्रा निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३९:oo

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले १२ छात्रालाई विद्यालयबाट निष्कासन गरेको छ । जिल्ला फुटबल संघले आयोजना गरेको अन्तरविद्यालयस्तरीय अन्डर– १६ प्रतियोगिता चन्दननाथले बहिष्कार गरेकामा विद्यालयका छात्राले निर्देशन अवज्ञा गरेको भन्दै निष्कासन नै गरेको हो । १७ असोजमा भैरव माविविरुद्धको सेमिफाइनलमा चन्दननाथका छात्रले गोल गरे पनि रेफ्रीले अफसाइट निर्णय लिएको भन्दै विद्यालयले खेल नै बहिष्कार गरेको थियो ।

प्रधानाध्यापक  टंकबहादुर महत भन्छन् ‘विद्यार्थीले हामीले भनेको मानेनन् । विद्यालयको निर्णयको उल्लंघन गरे । एन्फाले अन्याय गरेको छ भन्ने थाहा पाउँदापाउँदै पनि खेल्न गएपछि हामीले छात्रालाई निष्कासन गर्‍यौँ ।’

 

पक्षपात गरेकाले खेलमा छात्रछात्रा दुवै नपठाउने निर्णय भएकामा निर्देशन नमानेपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको चन्दननाथका प्रधानाध्यापक टंक महतले बताए । ‘विद्यार्थीले हामीले भनेको मानेनन् । विद्यालयको निर्णयको उल्लंघन गरे । एन्फाले अन्याय गरेको छ भन्ने थाहा पाउँदापाउँदै पनि खेल्न गएपछि हामीले छात्रालाई निष्कासन गर्‍यौँ,’ उनले भने । चन्दननाथले १२ छात्रालाई पत्र थमाउँदै खेलमा सहभागी विद्यार्थीलाई निष्कासन गरिएको बताएको छ । 

छात्राको खेलमा कुनै विवाद नभएको र फाइनलमा पुगिसकेकाले सोझै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौँ भनेर सल्लाह गरिएको एक छात्रा खेलाडीले बताइन् । चन्दननाथले खेलमा पक्षपात भएको भन्दै एन्फामा निवेदनसमेत दिएको छ ।
जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले जर्सीमा आएका विद्यार्थीलाई खेल खेलाइएको र त्यही निहुँमा विद्यालयबाट निष्कासन गर्नु अन्याय भएको बताए । विद्यालयको निर्णयविरुद्ध एन्फाले शिक्षा मन्त्रालयमा निवेदन दिनछ । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले जिल्ला आएपछि आफूले यसबारे छलफल गर्ने बताए । ‘तर, विद्यार्थीको पढ्न पाउने अधिकार वञ्चित हुन दिनेछैनौँ,’ उनले भने ।