१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
समाचार डिजिटल संस्करण

निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२o:oo

निर्देशक सुदर्शन थापा र चलचित्र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

निर्माता सुदर्शन बस्नेतले दिएको जाहेरीका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध गत भदौ १५ गते  जाहेरी दिएका थिए।

आफ्नो अनुमतिविना सो चलचित्र प्रसारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्‍याएको भन्दै बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभको कसुरमा जाहेरी दर्ता गराएका थिए।

प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ भने थापा र श्रेष्ठको खोजी भइरहेको जनाएको छ।

ad
ad