१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o७:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीमा चार विषयगत समितिले पायो नेतृत्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२७:oo

गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको नौ महिना ६ दिनपछि विषयगत समितिले सभापति पाएका छन् । प्रदेश सभामा रहेका चारमध्ये कांग्रेसले दुई, एमाले र माओवादीले एक–एक समितिको सभापति पाएका छन् । गत ३० साउनमा प्रदेश सभाको पहिलो बैठक बसेको सात महिना १३ दिनपछि विषयगत समितिहरू गठन भएका थिए । समिति गठन भएको एक महिना २० दिनपछि समितिले सभापति पाएका हुन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनपछि प्रदेशमा दुई सरकार र दुई मुख्यमन्त्री नियुक्त भएका छन् । 

६० सदस्य रहेको प्रदेश सभामा चार विषयगत समितिहरू रहने व्यवस्था प्रदेश सभा नियमावली २०८० ले गरेको छ । गठित चार समितिमध्ये तीनमा १५ र एकमा १३ सदस्य छन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस २७, एमाले २२, माओवादी आठ, राप्रपा दुई र एकीकृत समाजवादीका एकजना सांसद छन् ।

कांग्रेसको भागमा परेको अर्थ तथा विकास समितिको नेतृत्व स्याङ्जाका भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व बागलुङकी चम्पादेवी खड्काले गर्ने भएकी छिन् । एमालेको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिमा स्याङ्जाका सुधिरकुमार पौडेल र माओवादीको भागमा परेको सामाजिक विकास तथा कृषि समितिमा गोरखाका फणीन्द्र देवकोटाले नेतृत्व गर्ने भएका छन् । चार सभापतिका लागि चारजनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका छन् 

१५ सदस्यीय सार्वजनिक लेखा समितिमा कल्पना तिवारी, कृष्णप्रसाद पाठक, खगराज अधिकारी, जितबहादुर शेरचन, डा. टकराज गुरुङ, टीकाकुमारी बस्याल, दमयन्ती रुचाल, द्रोणकुमार कुँवर, नन्दकला दमाईं नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भीमबहादुर कार्की, सरस्वती गुरुङ, सुधिरकुमार पौडेल र हरिबहादुर चुमान छन् । 

तीन मन्त्री पदेन सदस्य रहने अर्थ तथा विकास समितिमा १५ जना सदस्य रहनेछन् । समितिमा गणेशमान गुरुङ, डिल्लीराम सुवेदी, पदमा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाश बराल, प्रकाशबहादुर केसी, भोजराज अर्याल, लक्ष्मणबहादुर पाण्डे, विमला गौचन, बिन्दु पौडेल, सीताकुमारी सुन्दास र हरिबहादुर भण्डारी गरी १२ जना सदस्य छन् । मुख्यमन्त्री पदेन सदस्य रहने प्रदेश मामिला तथा कानुन समिति १३ सदस्यीय छ । समितिमा कुसुम बुढा पुन, गोविन्दबहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहारी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, बिकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनीन्द्रजंग गुरुङ, यशोदा रिमाल, रोशनबहादुर गाहा थापा र रेखा गुरुङ सदस्य छन् । 

तीन मन्त्री पदेन सदस्य रहने सामाजिक विकास तथा कृषि समिति १५ सदस्यीय रहेको छ । समितिमा अशोककुमार श्रेष्ठ, दिलमाया पौ बि, नम्डु गुरुङ, फणीन्द्र देवकोटा, विन्दुकुमार थापा, वेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, महेश भट्टराई, राजकुमारी भुजेल, राजीव गुरुङ, लीलबहादुर थापा मगर र श्यामराजा महत सदस्य छन् ।